औरही गाउँपालिका वडा नं. १ औरही गाउँपालिकाको हुलाकी रोडको उत्तर भागमा पर्दछ । वि.स. २०७३/१२/१ सालमा गाउँपालिका स्थापना भए सँगै औरही वडा नं. १ देखी ५ अन्तर्गत रहेको गाउँ टोल हरकट्टी, तुलसीपुर, पिप्रा, इट्टाटार र औरही पर्दछ । यस वडाको क्षेत्रफल ७.७३ वर्ग कि.मि. छ । वि.स. २०७८ सालको जनगणना अनुसार यस वडाको जनसंख्या ३०५५ रहेको छ । यस वडाको पूर्व तर्फ बरियारपट्टी , पश्चिम तर्फ औरही गा.पा. ५ , उतर तर्फ औरही वडा नं. २ र दक्षिण तर्फ भारतको सिमाना पर्दछ । यस वडामा मुख्य तया मानिसहरु कृषिमा निर्भर छन ।